जनकपुरधाम – धनुषाको सबैलामा सवारी दुर्घटनामा परि चारजना बालकहरुको मृत्यु भएको छ ।
सवैलाको वडा नं. १२ रघुनाथपुरको नहरचौक देखि बरकुर्वाको बिच सडकखण्डमा भएको दुर्घटनामा चारजनाको मृत्यु भएको हो । चारैजना बालकहरु रहेका छन् ।



मृत्यु हुनेमा सबैला वडा २ बस्ने वर्ष १२ को लक्ष्मी यादव, मोटरसाइकल चालक वर्ष १५ का राहुल यादव, वर्ष १४ को सुमित यादव र वर्ष १२ को बौका यादव छन् । साथै दुर्घटनामा परि सोहि वडाका वर्ष १९ को सुरेन्द्र यादव गम्भिर घाइते भएका छन् ।
प्रादेशिक अस्पताल पुग्दा चारजनै मृत घोषणा गरिएको छ भने घाइतेको उपचार भइरहेको छ । सबैला स्थित ईलाका प्रहरी कार्यालयमा बुझ्दा प्रहरी निरिक्षक राजकुमार लुईटेलले दुर्घटना भएको र पाँचजनालाई चिन्ताजनक अवस्थामा प्रादेशिक अस्पतलाका लागि पठाइएको बताए । उनले तत्काल आफुहरुले मृत्यु भएको नभएको विषय बुझ्न नसकेको बताएका थिए ।
एउटा मोटरसाइकल सहित पाँचजना गम्भिर घाइते घटनामा हामी भेटयौं उनले भने, ‘वाँकी दुर्घटना कसरी भयो के भयो भन्ने विषयमा अनुसन्धान पछि मात्र भन्न सकिन्छ ।’




