महोत्तरी । अवनी मिडिया हाउसद्दारा संचालित अनलाईन अखबार जनकपुरपोष्ट डटकमको पत्रकार परिचयपत्र (प्रेसकार्ड) दुरुपयोग गरेर ठगी गर्ने एक जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
आफूलाई दीपक कर्ण नाम बताउने व्यक्तिले प्रेस कार्डको दुरुपयोग गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुरुपयोग गरिएको सो प्रेस कार्ड नक्कली रहेको र सो पास जनकपुरपोष्टको आधिकारिक परिचयपत्र नरहेको अवनी मिडिया हाउसका संचालक अमरेश मल्लिकले स्पष्ट पारेका छन् ।



पक्राउ परेको व्यक्तिले प्रयोग गरेको परिचयपत्रको जनकपुरपोष्टसंग कुनै सम्बन्ध नरहेको समेत संचालक मल्लिकले प्रष्ट पारेका छन् ।
नक्कली कार्ड बनाएर ठगी गर्नेलाई प्रहरीले कानुन बमोजिमक कडा कारवाही गर्नु पर्ने उनले माग गरेका छन् ।यता, पक्राउ परेका माथि अनुसन्भान भइरहेको जिप्रका महोत्तरीले जनाएको छ ।







