काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार सम्पन्न मतदानको केही बेरअघिबाट मतगणना गरिएको हो ।
अहिलेसम्म ७५ मत गन्दाको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार मेयर पदमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)ले २२ मत पाएका छन् ।



यस्तै, सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार सिर्जना सिंहले १८ मत प्राप्त गरेकी छन् । नेकपा (एमाले)का उमेदवार केशव स्थापितले १३ मत पाएका छन् । राप्रपाका मेयर पदका उमेदवार मदनदास श्रेष्ठले तीन मत ल्याएका छन् ।




