वीरगन्ज । वीरगन्ज महानगरपालिकाको मतगणनास्थल बाहिर होहल्ला भइरहेको छ । वीरगन्ज १४ पिपरा स्थित नृसिंह माविको मतगणनास्थल बाहिर युवाहरुको एक समुहले होहल्ला गरिरहेको हो । मतगणनास्थल सुरक्षामा खटिएका प्रहरी र सेनाले होहल्ला नगर्न पटक पटक अनुरोध गरिहेको भएपनि होहल्ला गर्ने क्रम रोकिएको छैन ।
मतगणना निक्कै सुस्त गतिमा भइरहेको भन्दै उनिहरुले होहल्ला गरिरहेका हुन् । मतगणनास्थल भित्र भने शान्तिपूर्ण रुपमा मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए । बाहिर के कारण होहल्ला भइरहेको भन्ने बारे आफुलाइ जानकारी नभएको उनले बताए ।



यसअघि नृहसिंह माविको कोठा नम्बर १०२ मा वडा नम्बर १ को मतगणना प्रकृया शुरु गरि मतपेटिका खोल्नै लाग्दा उम्मेदवारहरुका प्रतिनिधीहरु बिच विवाद भएपछि मतगणना केहि बेर रोकिएको थियो । तर पछि सुरक्षाकर्मीले विवाद गर्नेहरुलाइ बाहिर निकाले पछि मतगणना फेरि शुरु भइसकेको छ ।
मतगणनास्थलमा अहिले महानगरको वडा नम्बर ३१ , ३२ , २ र १ मतगणना जारी रहेको मतगणनास्थलबाट सहकर्मी अमित अग्रवालले जानकारी दिए । शुक्रबार भएको मतदानमा वीरगञ्ज महानगरपालिकामा ९३ हजार ७ सय ८२ मत खसेको थियो




