जनकपुरधाम- धनुषाको हंसपुर नगरपालिका मेयर र उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा काँग्रेसका प्रदीप यादव ४४०९ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी लोसपा निर्वतमान मेयर रामज्ञान मण्डलले २८१५ मत पाए ।



यस्तै उपमेयरमा पनि काँग्रेसकी दुर्गा देवी ४४६५ मतका साथ विजयी भएकी छन् । उनका निकटत् प्रतिस्पर्धी लोसपाकी दिपिका क्षेत्रीले २९०३ मत प्राप्त गरिन् ।




