दिवेश कुमार महतो/ ढल्कवेर
धनुषाको दुई वटा निर्वाचन क्षेत्रमा महासेठ दम्तपीले नै अग्रता बनाइरहेका छन्।
धनुषा क्षेत्र ४ मा श्रीमान रघुवीर महासेठ र क्षेत्र नं-३ मा श्रीमती जुली कुमारी महतोले अग्रता बनाई रहेका छन्।
मधेस प्रदेशको राजधानी समेत रहेको यी दुवै क्षेत्रमा महासेठ दम्पतीले सत्ता गठबन्धनका उम्मेदवारलाई कडा टक्कर दिदै अग्रता लिइरहेका छन्।
धनुषा निर्वाचन क्षेत्र नं- ३ मा नेकपा एमाले नेतृ जुलीकुमारी महतोले ६ हजार २ सय ४० मत सहित अग्रता लिइरहेकी छिन् । उनलाई सत्ता गठबन्धन लोसपाका उम्मेदवार अनिलकुमार झाले ४ हजार ४ सय ३४ मत सहित पछ्याइरहेका छन् । तेस्रोमा जनमत पार्टीका उम्मेदवार शम्भु साहले १ हजार ८ सय ४१ मत पाएका छन् ।
त्यस्तै धनुषा निर्वाचन क्षेत्र नं- ४ मा २ हजार ४ सय ५ मतगणना हुँदा नेकपा एमालेका नेता रघुवीर महासेठ १ हजार ७३ मत सहित अग्र स्थानमा छन् । उनलाई सत्ता गठबन्धन कांग्रेसका उम्मेदवार महेन्द्र यादवले ८सय ७९ मत ल्याएर पछ्याइरहेका छन्। तेस्रोमा स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतो १ सय ३९ मत पाएका छन् भने चौथो मा जनता समाजवादी पार्टी का महाजन यादवले ७५ मत पाएका छन्।
उनी दुवै जना नेकपा एमाले कै उम्मेदवार हुन् । अहिले धनुषाको मतगणना अपडेट जारी रहेको छ। धनुषाका सबै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारलाई नेकपा एमाले ले नै टक्कर दिदाँ , यहाँ एकदमै रोचक प्रतिस्पर्धा देखिएको छ।
धनुषा क्षेत्र -१ मा जसपा र नेकपा एमाले बिच तालमेल भएर चुनाव लडेको जसपा का दिपक कार्की पनि अग्रता लिइरहेका छन्। त्यस्तै धनुषा क्षेत्र २ मा नेकपा एमालेका उमाशंकर अरगरिया पनि अग्रता लिई पहिलो स्थानमा छन्।




