भैरहवा- वैदेशिक रोजगारी को लागि अमेरिका पठाइदिने भन्दै ११ लाख ५० हजार रकम ठगी गर्ने लाई प्रहरी ले असोज २९ गते काठमाडौं बसुन्धारा वाट पक्राउ गरेको छ। पक्राउ पर्ने मा दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नं ११ घर भई हाल काठमाण्डौं जिल्ला नागार्जुन नगरपालिका वडा नं ११ बस्ने ४० वर्षिय कुल बहादुर पन्त रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय से जनाएको छ।
अमेरिका पठाईदिने ,आकर्षक तलव हुने र मात्र १६ लाख लाग्ने भन्दै निज पन्त ले भुवनेश्वर अमात्य लाई विश्वास दिलाई प्रलोभन मा पारी ११ लाख ५० हजार रकम लिई सम्पर्क विहिन भएर ठगी गरेको जनाइएको छ। वैदेशिक रोजगार विभाग वाट पक्राउ गरि उपस्थिती गराईदिन पत्राचार भएको र प्रहरी खटाई खोजतलाश गर्ने क्रम मा काठमाडौं बसुन्धारा वाट पक्राउ गरि थप अनुसन्धान तथा कार्वाही को लागि वैदेशिक रोजगार विभाग,ताहाचाल पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का सुचना अधिकृत एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मी ले जानकारी गराए ।







