सिरहा । लैङ्गिक समानताको लागि सामाजिक जवाफदेहिता परियोजना अन्तर्गत सिरहा नगरपालिका ६ मा आयोजित सहभागितामुलक योजना तर्जुमा तथा लैङ्गिकमैत्री बजेट निर्माण समबन्धी अभिमुखिकरण कार्यक्रम ०८२ मंसिर ५ गते समपन्न भएको छ ।

युरोपियन युनियन र संयूक्तत राष्ट्र संघ महिला कार्यक्रमको आर्थिक तथा प्राबिधिक सहयोगमा प्रो पब्लिकको अगुवाई तथा निडस नेपाल र सुशासन प्रवद्र्धनका लागि यूवा सुर्खेतको साझेदारीमा कार्यक्रम संचालित गरिएको हो ।

कार्यक्रममा सिरहा नपा ६ का कावा वडा अध्यक्ष मुखलाल दासको अध्यक्षतामा कार्यपालिका सदस्य रामकासी, वडा सदस्यहरु म्ुक्ति नेपालकी अध्यक्ष देवकुमारी महरा लगायत ४० जना भन्दा बढीको सहभागितामा कार्यक्रम समपन्न भएको हो । कार्यक्रममा सहजकर्ता दुर्गा परियार र मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रमको सहजिकरण पछि सहभागिहरुले वडा तथा पालिकाहरुले योजना छनौट गर्दा महिला सहभागिता गराई महिला लक्षित कार्यक्रमहरु ल्याउन सुझाब दिनु भएको थियो ।

कार्यक्रममा कावा वडा अध्यक्ष लगायत अतिथिहरुले वडालाई पालिकाले भेदभाव गरी कम बजेट दिएको र जति बजेट दिए पनि विकासको काममा सदुपयोग गरेको बताउनु भयो । वडा कार्यालयले योजना छनौट गर्दा बोलाएको सभामा महिलाहरुको उपस्थित नहुदा महिलाहरुले भने बमोजिम योजनाहरु नबने पनि भएकै बजेटबाट सदुपयोग गर्ने बताउनु भयो ।




