जनकपुरधाम - सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मारिएका युवक जयशंकर साहको शव दुईदिनदेखि उठ्न सकेको छैन । आफ्नो मागप्रति प्रशासनले सहमति नजनाउँदा मृतक परिवार तथा आन्दोलनकारीले जयशंकरको शव उठ्न नदिएका हुन् ।
शव व्यवस्थापन र प्रदर्शन रोक्ने विषयमा शनिबार साँझ अबेरसम्म इलाका प्रहरी कार्यालय बरहथवामा चलेको छलफल बिना निष्कर्श सकिएको थियो ।आज बिहान ८ बजेको लागि पुनः आन्दोलनरत्त पक्ष, मृतक परिवारसहित छलफलको लागि इलाका प्रशासन कार्यालय बरहथवामा बैठक डाकिएको छ । हिजोको छलफलबाट केही विषयमा सहमति भएको सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालले बताए । अहिले चल्ने छलफलबाट निष्कर्ष निस्कन सक्ने उनको विश्वास छ ।
मृतक परिवार तथा आन्दोलनकारीले मृतकलाई शहीद घोषणा, मृतकको नामबाट प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको नामकरण हुनुपर्ने, बरहथवाका मेयरले राजिनामा दिनुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्तरोन्नति गरी ५० बेडको बनाउन मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेसहित माग राखेका छन् ।
शनिबार नै गृहमन्त्रालयले घटनाको छानविनको लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । साथै मृतक परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय समेत गरेको छ ।
बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवा जयशंकरको मृत्यु भएको थियो ।
यो पनि पढ्नुहोस :
बरहथवा नगरपालिकामा भएको आन्दोलनमा प्रहरीकाे गाेली लागि एक जनाको मृत्यु,अवस्था तनावग्रस्त
https://shirishnews.com/2024/01/05/52870/
https://shirishnews.com/2024/01/05/52883/
मैले गोली चलाउने आदेश दिएको छैन
https://shirishnews.com/2024/01/06/52910/
बरहथवामा प्रहरीको गोलीबाट हत्या भएका युवकको शव घटनास्थलबाट अझै उठेनन्
https://shirishnews.com/2024/01/06/52914/
बरहथवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
https://shirishnews.com/2024/01/06/52922/
सर्लाहीको बरहथवामा कर्फ्युमा पनि शव सहित प्रदर्शन जारी
https://shirishnews.com/2024/01/06/52935/
बरहथवा घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनायो ३ सदस्यीय समिति
https://shirishnews.com/2024/01/06/52974/
सर्लाहीको वरहथवामा मृत्यु भएका साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय
https://shirishnews.com/2024/01/06/52979/
बरहथवा घटना : यसैवर्ष बुहारी भित्र्याउने ‘विधवा’ आमाको इच्छा नपुर्याउँदै प्रहरीको गोलीले ढले जयशंकर
https://shirishnews.com/2024/01/06/52983/




