मधेशको चुरे काक्षमा पानी पुनर्भरण गर्ने उदेश्यले वनेका ताल र पोखरीहरु पछिल्लो समय पर्यटकीय केन्द्रकोरुपमा विकास हुँदै गएका छन ।
सर्लाहीको बागमती नगरपालिकामा वनेको बहुचर्चित भरत तालको निर्माणले पर्यटकिय हिसावले मात्र आकर्षण वनेको छैन किसानहरुको लागि समेत उपयोगी सावित वन्दै गएको छ ।



चुरे अतिक्रमणका कारण पानीका मुहानहरु सुकिरहेको जनगुनासो बढीरहेको वेला स्थानिय सरकारले समेत रिचार्ज पोखरी र ताल निर्माणमा ध्यान दिन थालेका छन ।

महोत्तरीको उत्तरवर्ती क्षेत्र बर्दिबासमा वन्न लागेको मधेश कै सवैभन्दा ठूलो तालले स्थानिय सरकारहरु चुरे संरक्षणमा संवेदनशील वन्दै छन भन्ने बिषयलाई प्रमाणित समेत गरेको छ ।
बर्दिवास-३ स्थित पुछर पाटुमा रहेको नदि उकास जग्गा अतिक्रमण भैइरहेको गुनासोलाई मध्यनजर गर्दै स्थानिय सरकारले विशाल पर्यटकिय तालको गुरुयोजना अगाडि बढाएको छ ।
रातु नदिको छेउमा नै रहेको उक्त ठाउँ झण्डै ३ किलोमीटर वरपरसम्म फैलिएको छ । रातु नदिको नदि उकास जग्गालाई उपयोग गर्दै मधेश कै सवैभन्दा ठुलो ताल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
बर्षौदेखी हकभोग गर्दै आएका जग्गालाई समेत मुआब्जा प्रदान गर्ने र पानीको समस्यालाई समेत ताल वनाएर होल्ड गर्दा पानीको अभाव समेत परिपुर्ति हुने भएकाले तालको परिकल्पना गरिएको नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले वताए ।
२०५० को दशकमा आएको वाढीले ताल निर्माण गर्ने भनिएको ठाउँमा वगर वनाएको थियो । स्थानियहरुले थप बाढीले असर नपुर्याओस भन्ने उदेश्यले केही साल, सिसौको बिरुवा रोपेतापनी त्यस्को उचित संरक्षण हुन सकेको थिएन ।
रातु नदिको दायाँबायाँ किनारामा राष्ट्रपती चुरे संरक्षणले बलियो तटबन्धन गरेपछी उक्त जग्गालाई स्थानियहरुले नै अतिक्रमण गर्दै आएका छन ।
चुरे जलाधार संरक्षणमा चुरे क्षेत्रमा तालतलैया र पोखरी वनाए पछिल्लो समय बढदै गएको पानीको समस्यालाई न्यूनीकरण गर्न सकिने वताउदै मधेश प्रदेश वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीले पनि नगरको पवित्र उदेश्यमाथी हातेमालो गर्ने प्रतिबद्धता जनाएका छन ।

आज एक कार्यक्रमका विच स्थलगत अवलोकन गर्दै मन्त्री कुर्मीले पारिस्थितिक प्रणालीलाई सन्तुलन वनाईराख्न र चुरे संरक्षण गर्न यस्ता खाल्का कामहरुको जरुरी भएको वताए ।
यता महोत्तरी जिल्ला वन कार्यालयका कार्यालय प्रमुख सन्तोष यादवले पनि वनको अधिकार क्षेत्रमा आईपरेका कामहरुमा सहजीकरण गर्ने वताएका छन ।
मधेशमा नै सवैभन्दा ठुलो तालको निर्माणले पर्यटन क्षेत्रमा श्रीबृदी हुने सरोकारवालाहरुको बिस्वास छ । नदि उकास जग्गाको नाममा चरम अतिक्रमणको चपेटामा पर्दै आएको यस क्षेत्रमा नगरको गुरुयोजनाअनुसार ताल निर्माण भए स्थानियहरुको आयआर्जनमा मात्र हैन नगरको समेत मुख्य आयस्रोत वन्न सक्ने अनुमान गरिएको छ ।
वडा अध्यक्ष बिराट बिष्टका अनुसार विशाल मानवनिर्मित ताल वनाउने बिषयमा वडावासीहरुसगँ पारम्भिक छलफल अगाडी बढाईसकिएको जानकारी दिए ।
पारम्भिक चरणमा काम गर्न नगरले २० लाख बजेट समेत बिनियोजित गरिसकेको छ ।
अझ १० हजार बर्ष पहिला यही ठाउँको वरपर मध्यपाषण युगको हतियार कारखाना समेत रहेको रहस्य उजागार भएसगैँ देशको ध्यान यतिवेला यहाँनीर छ ।
सन १९८५ मा जर्मनी नागरिक गुड्रन कर्विन्सले १० बर्ष लगाएर आफ्नो कितावमा पाटुका थुप्रै रहस्यका बिषयमा सविस्तार बर्णान गरेपछी थप खोज र अनुसन्धानको आवस्यक्तालाई महसुस गरिएको छ ।
मध्य पाषण युगको पाटु हतियार कारखानाको बिषय राष्ट्रिय खोज केन्द्रमा समेत संग्रहित गरिएको छ । यी सवै बिषयहरुले यो ठाउँ आफैमा बिस्वबिध्यालय बन्न सक्ने आधारहरु त छन नै अझ मधेश कै सवैभन्दा ठुलो ताल निर्माणको गुरुयोजनाले यहाँका बासिन्दा निक्कै उत्साहित वनेका छन ।




